Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

१०० करोडकी मालिक बलिउड गायिका नेहा

admin

Neha Kakkar

माघ-७, काठमाडौं ।

गायिका नेहा कक्कड अहिले बलिउडमा चर्चित रहदै आएकि छिन् । प्रायः आजभोलिका नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ ।

समकालीन संगीतकारको पहिलो रोजाइमा पर्दै आएकिन नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्काे रहेको छ ।

आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि बेलाबेलामा नि्कै चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिज जस्ता महँगा महँगा कार रहेका छन् । नेहाको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ ।

पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी नेहा केहीअघि डिप्रेसनको सिकार समेत भएकी थिइन् ।

उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्दा दुःखद दिनका लागि सफल भए ।’

नेहा इन्डियन आइडल सिजन २ की प्रतिस्पर्धी हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको