Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

अमेरिकाले थप पाँच नेपालीलाई गर्‍यो निष्कासन

Reporter

अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ।

निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो।

स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण गरेका थिए। उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल फर्काइएको स्रोतको भनाइ छ।

अघिल्लो हप्तामात्रै अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको