Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

युवाअभियानको कोषाध्यक्षमा रबेन्द्र बिक्रम शाह निर्वाचित

Reporter

युवा सशक्तिकरण, नेतृत्व विकास र नागरिक सहभागितामा सक्रिय प्रतिष्ठित संस्था ‘युथ इनिसिएटिभ (Youth Initiative – YI)’ का सदस्यहरूको उपस्थितिमा युवा अभियानको १२औँ अधिवेशन तथा २५औँ साधारण सभा राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा योगेश काफ्ले, उपाध्यक्षमा स्वस्तिका सुवेदी, महासचिवमा सुस्मिता यादब, सचिवमा युवराज खड्का र सह–कोषाध्यक्षमा अर्जुन शाह टेलि निर्वाचित भएका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा रबेन्द्र बिक्रम शाह सर्वसम्मत रूपमा चयन भएका छन्।

पछिल्लो एक दशकदेखि युवाक्षेत्रमा सक्रिय रबेन्द्र बिक्रम शाहले सन् २०१५ मा धनगढी जुनियर जेसिजमार्फत युवा नेतृत्व यात्राको सुरुवात गरेका हुन्। सन् २०१७ मा सोही संस्थाको अध्यक्ष भई नेतृत्व प्रदान गरेका उनले हाल नेपाल सरकारअन्तर्गत राष्ट्रिय युवा परिषदका केन्द्रीय प्रशिक्षकका रूपमा काम गरिरहेका छन्। उनले देशका ४० भन्दा बढी जिल्लाका युवालाई संसदीय अभ्यास, नेतृत्व विकास तथा नागरिक सहभागिता सम्बन्धी विभिन्न तालिम प्रदान गरिसकेका छन्। शाह बालाजु जेसिज, लायन्स क्लब, नेपाल युवा परिषद, वर्ल्ड फूड फोरम नेपाल, यूथ एनजिओ फेडेरेशन नेपाललगायत विभिन्न संस्थामा पनि सक्रिय हुँदै आएका छन्।

सन् १९९९ मा युवाद्वारा स्थापना भई २००१ मा काठमाडौंमा दर्ता भएको युथ इनिसिएटिभ (YI) लोकतन्त्र, मानवअधिकार, युवा नेतृत्व र नागरिक सहभागिता प्रवर्द्धनमा समर्पित संस्था हो। सामाजिक कल्याण परिषद् (SWC) मा आवद्ध यस संस्थाले नेतृत्व विकास तालिम, राजनीतिक सचेतना, नागरिक सहभागिता र अभिमुखीकरण कार्यक्रममार्फत हजारौँ युवालाई सशक्त बनाउँदै आएको छ।

अधिवेशनमा उपस्थित सदस्यहरूले नयाँ नेतृत्व विशेषतः कोषाध्यक्ष शाहको अनुभव, सक्रियता र दूरदृष्टिले आगामी दिनमा युवा अभियानलाई अझ सबल, सक्षम र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको