Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सुनको मूल्य नाघ्यो साढे २ लाख कट्यो

Reporter

देशभर सुनको मूल्य निरन्तर वृद्धि भई शुक्रबार प्रतितोला साढे २ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सो दिनको लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनभन्दा २ हजार २ सय रुपैयाँ ले बढी हो।

गत सातादेखि सुनको मूल्यमा तीव्र वृद्धि हुँदै आएको छ। एक सातामा मात्र सुन प्रतितोला करिब ९ हजार रुपैयाँ महँगिएको छ।

गत शुक्रबार यसको भाउ २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो। असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुग्दा हालसम्मकै रेकर्ड बनेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि तीव्र रूपमा बढ्दै रेकर्ड नजिक पुगेको छ।

महासंघले शुक्रबारका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ, जुन असोज ३१ गते बनेको ३३५० रुपैयाँको रेकर्ड नजिक छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको