Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

मेलिना–सौगातको नयाँ लोक डान्स गीत ‘होनी रेशम’(भिडियो)

Reporter

चर्चित गायिका मेलिना राइ र गायक सौगात जङ्ग थापा को आवाजमा सजिएको डान्सिङ गीत होनी रेशम को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द पुस्प सुनुवार का हुन् भने संगीत स्वयं सौगात जङ्ग थापाकै रहेको छ। गीतलाई विशाल निरौला ले एरेन्ज गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रञ्जन राई ले गरेका हुन्।

भिडियोमा चर्चित अभिनेता अयुब केसी र नव–नायिका सिर्जना सिंह ठकुरी को आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी सुरेश पाण्डे ले गरेका हुन् भने छायांकन सुमन कार्की ले गरेका हुन्। सम्पादन तथा निर्देशन युवराज खत्री को रहेको छ।

उक्त म्युजिक भिडियो सौगात जङ्ग थापाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। यसअघि गायक थापाका “तिमी आदत बन्यौ मेरो”, “जुनी जुनी”, “सुनन ए माया”, “यति सारो राम्री” र “जति माया गरे पनि” जस्ता गीतहरू दर्शक–श्रोतामाझ निकै रुचाइएका छन्।

टिपिकल लोक शैलीमा तयार पारिएको नयाँ गीत होनी रेशम पनि दर्शक–श्रोताले उत्तिकै मन पराउनेमा गायक थापा र निर्माण टिम दुवै आशावादी देखिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको