काठमाडौं । गीतकार वान्तुले सञ्चालनमा ल्याए कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट ललितपुर । गीतकार तथा कवि अमर वान्तुले कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ । ललितपुरको शोभाहिटीमा उक्त पार्टी प्यालेसको शनिबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।
गीत संगीत तथा साहित्य क्षेत्र र वान्तुका आफ्न्तको बाक्लो उपस्थिति रहेको शुभारम्भ समारोहमा उहाँले छोरा र छोरीका लागि उक्त पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताउनुभयो ।
यस पार्टी प्यालेसमा विवाह, वर्तबन्ध तथा जुनसकै शुभकार्यका लागि सम्पूर्ण सुविधा उपलब्ध रहेको उहाँले जानकारी गराउनुभयो । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् ।
उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

