Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

दुईदिने तालिम तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

Reporter

काठमाडौं । एनसिसि अल्मुनाई एशोसिएसन नेपालद्वारा आयोजित दुईदिने विशेष कार्यक्रम—जोखिम न्यूनीकरण तथा सुरक्षा तालिम तथा रक्तदान कार्यक्रम—उत्कृष्ट सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका सदस्यदेखि नेपाली सेनाका प्रतिनिधिसम्म सक्रिय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।

मंसिर १३ गते आयोजित जोखिम न्यूनीकरण तथा सुरक्षा तालिममा करिब ६० जना अल्मुनाई सदस्य तथा ३२ जना नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए। तालिममा जोखिम व्यवस्थापनका आधारभूत सिद्धान्त, प्राथमिक उपचारका सीप, आगजनी नियन्त्रणका उपाय तथा व्यावहारिक अभ्यासमार्फत सहायक कौशल विकासमा विशेष ध्यान दिइएको थियो। सहभागीहरूले देखाएको उत्साह, अनुशासन र विषयप्रतिको सक्रियता तालिमको मुख्य उपलब्धि रहेको आयोजकले बताएको छ। तालिम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रिय सेवा दल परिवारप्रति आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ।

मंसिर १४ गते वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भयो। करिब १०० जना सहभागीसहरूमध्ये ७३ जनाले सफलतापूर्वक रक्तदान गरेका थिए। स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको कार्यक्रम सुरक्षित, सुव्यवस्थित र सहज वातावरणमा सम्पन्न भएको थियो।

त्यसपछि आयोजित संयुक्त समापन समारोहमा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। कार्यक्रममा केन्द्रीय निर्देशक तथा प्रमुख सल्लाहकारहरूले जोखिम न्यूनीकरण तालिम र रक्तदान कार्यक्रमका उपलब्धिहरू सार्वजनिक गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका अभियानलाई निरन्तरता दिने बताए।

समारोहको अन्त्यमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उप–रथी  याम प्रसाद ढकालले प्रेरणादायी अभिव्यक्ति राख्दै यस्ता कार्यक्रमले युवा पुस्ताको क्षमता, अनुशासन र सामाजिक सेवाप्रति समर्पण थप सुदृढ हुने बताएका थिए।

एनसिसि अल्मुनाई एशोसिएसन नेपाल, केन्द्रीय समितिले कार्यक्रमले संस्थागत कौशल, सामाजिक दायित्व र संगठनिक एकतालाई थप मजबुत बनाएको निष्कर्ष निकालेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको