Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय

Reporter

महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने रस्साकस्सीका बीच नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको विषय थाँती राख्दै नियमित महाधिवेशनको समय तालिका ल्याउन सफल हुनुभएको हो । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गर्दै आइरहेका थिए तर अब उनीहरूको माग पनि तत्काललाई रोकिएको छ । सभापति देउवाको अगुवाइमा पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका आए पनि महामन्त्रीद्वय भने विश्वस्त हुन सकेका छैनन् । उनीहरूले नियमित महाधिवेशन तोकिएको समयमा नभएमा विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन् ।

कांग्रेसले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुने गरी पुसमा महाधिवेशन गर्ने निर्णय भएको कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताए ।
महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुकेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको