मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् ।
आज (बुधबार) बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो ।
यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो । दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
लोकप्रिय समाचार

