Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चल फेशन शो माघ ११ गते बिराटनगरमा सम्पन्न हुदै

admin

pageant nepal purwanchal fashion show ticket

माघ-८, विराटनगर ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालको आयोजनामा पूर्वान्चलको बिराटनगरमा माघ ११ गते सम्पन्न हुन लागेको पूर्वान्चल फेशन शो को तयारी अन्तिम चरणमा पुगेको छ ।

धरान, ईटहरी, बिराटनगर, दमक, बिर्तामोड लगायत पूर्वान्चलका बिभिन्न स्थानहरुबाट अडिसन मार्फत छनौट भएका ५० जना युवा तथा युवती मोडलहरुलाई बिराटनगरस्थित सारङ्गी फू्ड कोर्ट होटलमा गायक सिताराम पोखरेल, कलाकार जीवन ओडारी, सन्चाकर्मी चन्दा खड्का, कोरियोग्रफर ईश्वर बास्तोला, व्युटिसियन जानुका घिमिरे न्यौपाने लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरु बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिदै आएको प्याजेन्ट नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन ।

नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट, फरक एवं नयां शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवर्द्दन गर्ने उद्देश्यले राजधानी्भित्र मात्र सम्पन्न हुँदै आए्को यस्ता कार्यक्रम मोफसलमा रहेका प्रतिभालाई समेत उचित स्थान प्रदान गरिनुपर्छ भन्दै यो पटक फेशन पारखीहरुको हव बन्दै गएको पूर्वान्चलमा अडिसन मार्फत त्यहि क्षेत्रका उत्कृष्ट तथा राष्ट्रिय स्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले बताए ।

माघ ११ गते १ बजे बिराटनगरको चर्चित भेन्यू ड्रिम गार्डेनमा हुन गैरहेको उक्त फेशन शो मा नेपालका चर्चित एवं बरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ गायक सिताराम पोख्रेल, गायक श्रीकृष्ण लुईटेल,९बोकेदाह्री० गायक सपन श्रेष्ठ, गायक कृष्ण काफ्ले,गायक ध्रुव बिस्को लोकप्रिय हांस्य कलाकार महादेव त्रिपाठी, नायक श्रीदेव भट्राई, नायिका ममता प्रधान, नायिका सुनिता कटुवाल, नायिका पूजा परियार,नितु कोईराला लगायत स्थानीय चर्चित कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

उक्त फेशन शो तथा भव्य कार्यक्रमलाई नेपालभर रुचाईएको बुलेट चाउचाउले मुख्य प्रायोजन गरेको छ भने गोल्ड स्पोन्सरमा नेपाल आईस बियर, सिल्भर स्पोन्सरमा गीता एभिएसन, ब्रोन्ज स्पोन्सरमा द ब्यारन सेलेक्ट ब्लुफिन रहेर सहकार्य गरेका छन । अन्य स्पोन्सरहरुमा राथी ज्वेलर्श,लालीमा, एन्जल क्याफे, क्याभास वाईन,शुभकामना जल, सारङ्ग द फुड कोर्ट,अरविट होस्टल, होटल एशियाटिक,सिटी कलेज, बिराटनगर जस्ता लोकप्रिय ब्राण्डहरुले विभिन्न शिर्षकमा रहेर सहकार्य गरेका छन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले पूर्वान्चलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ । साथै यस शो मा सहभागी मध्यको उत्कृष्ट केहि मोडलहरुलाई फेब्रुअरीमा थाईलैण्डको बैंककमा हुन लागेको अन्तराष्ट्रिय फेशन शोमा सहभागी गराईने आयोजक ममथा बस्नेतले बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको