Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया

Reporter

काठमाडौं । साहित्यकार भीष्मराज फुलाराको शब्द रचना, पछिल्लो पुस्ताका चर्चित सङ्गीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल र एलिना चौहानको सुमधुर स्वर रहेको ट्रेन्डिग गीतमा बलिउडमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘सञ्जु’, ‘रहिस’ “जबतक है जान”, चलचित्रको ‘मै भी बडीया तु भी बडीया’ र ‘ किस किसको प्यार करे-२” जस्ता थुप्रै भारतीय गीतका संगीत संयोजक निषाध चन्द्राको संगीत संयोजन र आशिष अविरलकै मिक्सिङ तथा माष्टरिङ रहेको पुतली गीतले छोटो समयमा ३० मिलियन (३ करोड) भन्दा बढी दर्शकको माया पाउन सफल भएको छ ।

सो अवसरमा ‘पुतली’ म्यूजिक टिमले काठमाडौं, अनामनगरमा अवस्थित संगीतकार बजगाईंकै ‘म्यूजिक किचेन’ स्टुडियोमा केक काटि बधाई तथा सफलताको सेलिब्रेशन गरेका थिए ।

सुनिल विकको निर्देशन रहेको गीतको भिडियोमा प्रदीप लामा, जुना सुन्दास मुख्य भूमिका रहेको म्युजिक भिडियोमा, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजबंशीलगायतको पनि अभिनय रहेको छ ।

शियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनिल के. मानन्धरको छायांकन, राजु लामाको सहायक छायांकन, अविनाश मानन्धरको ड्रोन, प्रवीन भट्टको दृश्य सम्पादन, मिलन विश्वकर्माको कलर, ज्योति केसी र नवीन खड्काको शृंगार र निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ । उक्त गीतको प्रोडूसर प्रकास घिसिङ र अरुण तिवारी रहेको भिडियोलाई एपी चलचित्र प्रोडक्सन युट्युब च्यानलमार्फत हेर्न/सुन्न सकिन्छ ।

‘पुतली’ गीतको अपार सफलतापछि उक्त टीम नया गीत ‘बिजुली’ निर्माणको तयारिमा जुटेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको