Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो

Reporter

earthquake

उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो । मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५.१ म्याग्निच्युड मापन गरिएको थियो । क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् । शनिबारको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडाको भूमिमा गएको सबैभन्दा ठूलो भूकम्प हो ।

यसअघि क्यानडामा ७ वा सोभन्दा ठूला म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो । क्यानडामा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० को जनवरीमा मापन भएको थियो । त्यतिबेला ९ म्याग्निच्युड मापन भएको भूकम्पको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो । शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा गएको हो, जसलाई अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको विश्लेषणले पनि पुष्टि गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको