Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम

Reporter

काठमाडौ । कार्यक्रम व्यवस्थापन संघ, नेपालले पहिलोपटक राजधानीमा एक भव्य भेला तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सलम्बुटारमा आयोजित उक्त कार्यक्रममा देशभरबाट करिब १३‍० भन्दा बढी कार्यक्रम आयोजक, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थित रहेको संघले जनाएको छ।

सो भेलामा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो, जसमा वर्तमान अवस्थामा इभेन्ट, संगीत तथा मनोरञ्जन क्षेत्रका चुनौती, सम्भावना र आवश्यक सुधारबारे विस्तृत बहस भएको थियो।

संघका कोषाध्यक्ष मनोज थापाले सहजीकरण गरेको उक्त बहसमा वरिष्ठ गायक तथा संघका सल्लाहकार सीताराम पोखरेल, वरिष्ठ हास्यकलाकार सिपी पुडासैनी ‘धतुरे’, चलचित्र कलाकार संघका कार्यसमिति सदस्य तथा अभिनेता श्रीदेव भट्टराई, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा गायक नारायण थापा, तथा कार्यक्रम व्यवस्थापन संघका पूर्व अध्यक्ष लब बहादुर कार्की वक्ताको रूपमा सहभागी थिए।

वक्ताहरूले इभेन्ट उद्योग, कलाकार, पत्रकार र व्यवस्थापकबीचको पारस्परिक सहयोग र प्रगाढ सम्बन्धले मात्र उद्योगलाई दिगो बनाउन सक्ने भन्दै पेशागत आचारसंहिता, पारदर्शिता र आधुनिक प्रविधिको उपयोग प्राथमिकतामा हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राजेन्द्र लुईटेल (राज) ले गरेका थिए। वनभोज तथा विशेष भेलाको क्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद तथा नृत्य प्रतियोगिताहरूसमेत आयोजना गरिएका थिए। प्रतियोगिताका विजेताहरूलाई विशेष पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रमका सबै सहभागीलाई मायाको चिनो उपलब्ध गराइएको थियो।

कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष समिर लामा तथा महासचिव सोनीतराज ढुंगेलले संयुक्त रूपमा गरेका थिए।

संघले पछिल्ला वर्षहरूमा मनोरञ्जनात्मक कार्यक्रममार्फत सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ। देशभरका इभेन्ट आयोजक तथा व्यवस्थापकहरूको साझा संगठनका रूपमा स्थापित संघले आगामी दिनहरूमा इभेन्ट व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि, सीप तालिम, सुरक्षा मापदण्ड र व्यावसायिक हकहितका लागि अझ प्रभावकारी कार्यक्रम ल्याइने कार्यसमिति सदस्यहरूले जानकारी दिए।

हाल कार्यक्रम व्यवस्थापन संघ, नेपालको नेतृत्वमा अध्यक्ष राजेन्द्र लुईटेल, उपाध्यक्ष तृष्णा गुरुङ र समिर लामा, महासचिव सोनीतराज ढुंगेल, सचिव विपिन पोखरेल, सहसचिव भागिरथ पोखरेल, कोषाध्यक्ष मनोज थापा, सह–कोषाध्यक्ष सपना राई, तथा सदस्यहरू रामकृष्ण श्रेष्ठ, सुवास श्रेष्ठ प्रधान, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की रहेका छन्।

संघमा करिब १३‍०भन्दा बढी कार्यक्रम आयोजक सक्रिय सदस्यका रूपमा आवद्ध रहेको संघले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको