Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो)

Reporter

गायिका सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ शुक्रबार आधिकारिक रूपमा Sumi Parajuli Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक गरिएको पोस्टरबाटै चर्चामा आएको गीत अब भिडियोसहित दर्शक–श्रोतामाझ आएको हो।

लोक–आधुनिक स्वाद समेटिएको यस गीतमा स्वर सुमी पराजुली, शब्द आनन्द अधिकारी, संगीत एलिश कार्की, एरेञ्ज शिवम रसाइली, तथा मिक्स/मास्टर श्यामश्वेत रसाइलीको रहेको छ। गीतको रेकर्डिङ म्युजिक क्लाउड, कमलादीमा गरिएको हो।

गीतको भिडियोमा अभिनेता गम्भीर बिष्ट र अभिनेत्री बिना राउतको सशक्त अभिनय देख्न सकिन्छ। प्रेम, स्मृति र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गरेका हुन्। मेकअप सुभाष तिमिल्सिना, पोशाक कुसुम बुटिक, तथा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ।

भिडियोको पोस्टर सन्तोष डिजाइनले तयार पारेका हुन् भने प्रोडक्सन कन्ट्रोल शम्भु श्रेष्ठले सम्हालेका छन्।

सुमी पराजुली पछिल्लो समय नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी प्रतिभाशाली गायिकामध्ये एक हुन्। भावनात्मक गीतदेखि आधुनिक तथा लोक–फ्युजन शैलीका गीतमा समेत सहज रूपमा स्वर दिन सक्ने सुमीको गायनशैली सरल, मीठो र श्रोताको मन छुने खालको मानिन्छ। यसअघि सार्वजनिक भएका उनका केही गीतहरूले पनि राम्रो दर्शक–श्रोता प्रतिक्रिया पाइसकेका छन्। ‘पिपल बोटैमा’ लाई उनले आफ्नो करिअरको अर्को महत्त्वपूर्ण प्रस्तुति मानेकी छन्।

गीत सार्वजनिक भएसँगै निर्माण टिमले दर्शक–श्रोताबाट निरन्तर माया, सुझाव तथा सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको