Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न

Reporter

बडा दशैं र तिहारको उपलक्ष्यमा लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस प्रतियोगितामा अनलाइन मार्फत अधिराज्य भरिका ४०० भन्दा बढीले सहभागिता जनाएका थिए। जसमा १०० जना छनोट भएका थिए । सोही छनौट जुरी पुनम कपाली, मणि के राई, सुष्मा सिंह र सुशीला श्रेष्ठले गरेका हुन् । जसमा ५३ जना प्रतियोगीहरूमा प्रतिस्पर्धा भएको थियो ।

प्रमुख अतिथिमा किरण केसी (राता मकै) थिए भने जजेजमा सन्दीप भुजेल , पुनम कपाली, नायिका आरती आचार्य र सुशीला श्रेष्ठ थिए । सम्पूर्ण सहभागीलाई सर्टिफिकेट प्रदान गरिएको थियो भने उत्कृष्ट दशलाई उपहार प्रदान गरिएको थियो। यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले सहभागिता जनाएका थिए ।

पहिलो स्थान सलिन मगर, दोस्रो स्थान सम्मानिका बस्नेत र तेस्रो स्थान निपूर्णा कपालीले हासिल गरेका थिए l यस संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्तले आगामी दिनहरुमा विभिन्न रोचक कार्यक्रमहरू गर्दै जाने पनि घोषणा गरेकी थिइन।

कार्यक्रमका प्रमुख अतिथि किरण केसीले यस्ता कार्यक्रमले बालबालिकाहरूमा मनोबल बढाउने काम सँगसँगै भविष्यमा निरन्तरता दिँदा क्षेत्रमा पनि राम्रो कमाइ छ भन्ने कुरा जनाउनुभएको थियो।

कार्यक्रमको संचालिका चर्चित उद्घोषिका सेसेमी लिम्बु गरेका थिए भने इभेन्ट डिरेक्टर सुभाष श्रेष्ठ प्रधान थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको