Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन मधेशका जनताको रोजाइ बने ‘सर्वेन्द्र खनाल’, बारा–४ मा लोकप्रियता उत्कर्षमा

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

Reporter

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गरेका छन्।

आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए। पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउदै उनले सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी छिटै नै मन्त्रीमण्डल विस्तार गर्ने बताए। मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन्।

मुख्यमन्त्री यादवले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए।उनले मधेशमा अब स्थायित्व कायम हुने समेत दावी गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको