Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

भजनमा मन्त्रमुग्ध भए कलाकार (भिडियो सहित)

admin

मौलीक तीज दोहोरी गीत सार्वजनिक गरे लगतै पुन अर्को निकै मन छुने भजन ल्याएका छन् चर्चित लोकदोहरी गायक तथा संचारकर्मि राम प्रसाद खनालले । श्रावण महिना हिन्दु धर्मालम्वीहरुको लागि निकै पवित्र मानिन्छ, विशेष गरि ब्रत बस्ने र पुण्य कमाउन भजन किर्तन गर्नेहरुका लागि अझ विशेष मानिन्छ ।

यसै सन्दर्भ पारेर र छोटो समय नेपाल बसाईको क्रममा धार्मिक स्वभावका खनालले भजनको भिडियो समेत निर्माण गर्न भ्याएका छन् । तिजको भिडियो लगतै उनले यो भजन सार्वजनिक गरेका हुन् । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष समेत रहेका खनाललाई यस भिडियो मा मंचमा आवद्ध चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । अन्तर्राष्ट्रिय कलाकार मंच नेपाल शाखाका अध्यक्ष शिवहरि पौडेलको निर्देशन रहेको उक्त भजनको भिडियोमा शव्द , संगित ,स्वर तथा अभिनयको साथसाथै स्वयं खनालको रहेको छ । सह निर्देशन निरज नेपालले गरेका छन् यसै गरि दिलिप विष्टको छायांकन तथा सम्पादन रहेको भिडियोमा मन्चका वरिष्ठ उपाध्यक्ष किरण केसी, लगायत शिवहरी पौडेल, रामप्रसाद खनाल, कृष्ण मुरारी ढुंगेल, निरज नेपाल, शिवहरी आचार्य, कमल रेग्मी, रितु भण्डारी, कन्चन शर्मा, होमनाथ तिमील्सेना, पुरुसोत्तम अर्याल, रक्षा गुरागाइँ लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको