Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Reporter

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान भएका छन् ।

उनीलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाय गरेको मुद्दामा विशेष अदालतले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

अदालतका प्रवक्ता यज्ञराज रेग्मीले प्रतिवादी अधिकारीलाई थुनामा पठाउने र मुरारी भण्डारीबाट ५ लाख धरौटी माग गर्ने आदेश भएको बताएका छन् । ।

भक्तपुरको नालिन्चोक हेलीप्याड निर्माणको  क्रममा भ्रष्टाचार गरेको आरोपमा १३ करोड ५७ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि बुधबार नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको थियो ।

यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको हो ।

अधिकारी भैरहवा र पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा पनि अनुसन्धान तानिँदैछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको