Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

‘डडेल्धुराबाट अन्तिमपटक चुनाव लड्छु’ : शेर बहादुर देउवा

Reporter

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाटै उम्मेदवार बन्ने तयारीमा रहेको बताएका छन् । कार्यकर्तासँगको भेटघाटका क्रममा देउवाले आफू अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रिने संकेत दिएका हुन् ।

डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारीको इच्छा व्यक्त गरेसँगै उनको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने तयारी भइरहेको छ ।

अघिल्लो सातासम्म महाराजगञ्जस्थित देउवा निवासमा भेटघाटका लागि पुगेका सुदूरपश्चिमका केन्द्रीय सदस्यले समेत देउवाले निर्वाचनमा उठ्ने इच्छा दोहोर्‍याएको बताए ।

यस्तै, मंगलबार बिहान सभापति देउवालाई भेटेका नेविसंघ नेता भुवन भट्टले पनि देउवाले अन्तिमपटक चुनावमा उठ्ने संकेत गरेको पुष्टि गरेका छन् ।

कांग्रेसले यस महिनाको अन्त्यसम्म केन्द्रमा उम्मेदवार सिफारिस पठाउन परिपत्र गरिसकेको छ ।

विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रमा एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । प्रदेश समितिलाई मंसिर २५ भित्र नाम पठाउन निर्देशन दिइएको छ ।

देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य विजयी हुँदै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको