Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी

Reporter

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज इलिमिनेटर चरणको खेल हुँदैछ।

अपरान्ह ४ बजे सुरु हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतियोगितामा प्रतिस्पर्धा हुँदैछ। विजेता हुने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ।

विजेता टिमले दोस्रो क्वालिफायमार बिराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ। पहिलो क्वालिफायरबाट मंगलबार विराटनगरलाई हराएर सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेकाले दोस्रो क्वालिफायरमा पुग्ने टिमको तय आजको खेलले हुनेछ।

समूहचरणमा भिड्दा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो। प्रतियोगितामा काठमान्डुले ७ मध्ये ५ खेलमा जित निकालेर प्लेअफमा स्थान बनाएको थियो।

लुम्बिनी भने अस्थिर प्रदर्शनको सिकार भएको छ। उद्घाटन खेल जितेको लुम्बिनी त्यसपछि लगातार ३ खेल हार्न पुगेको थियो। प्लेअफ सम्भावना कमजोर भएको अवस्थामा अन्तिमका सबै तीन खेल जितेपछि लुम्बिनीले प्लेअफमा स्थान बनाएको थियो।

लुम्बिनी पछिल्ला खेलमा अपराजित रहेकाले सोही लयलाई काठमान्डुविरुद्ध जारी राख्ने प्रयासमा हुँदा काठमान्डु पनि पछिल्ला ४ खेलमा अपराजित रहेकाले आफ्नो सोही लयलाई निरन्तरता दिन चाहन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको