Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनले क्षतिग्रस्त संसद भवनको अवलोकन

Reporter

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा गएर आगजनी र तोडफोडबाट भएको क्षतिबारे जानकारी लिएकी छन्।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवनमा भएको क्षति निरीक्षण गर्न भण्डारी आज संसद भवन पुगेकी हुन्। अवलोकनका क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घटनाका विवरण र संरचनामा परेको नोक्सानीबारे अवगत गराएका थिए।

संसद भवनको अवस्थाबारे संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भएको क्षति देखेर आफू दुःखित भएको उल्लेख गरिन्।

उक्त आन्दोलनका क्रममा संसद भवनसहित केही संरचनामा आगजनी, तोडफोड र व्यापक क्षति पुगेको थियो। ध्वस्त भएको भवन पुनःनिर्माणको प्रक्रिया सुरु नहुँदै सरकारले सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद भवनबाट काम संचालन गर्ने तयारी गरिरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको