Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु

Reporter

नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ ।

स्थानीयका अनुसार झन्डै ५०० मिटर तल खोल्सोमा लु १ ज ३९०८ नम्बरको फोर्स जिप खसेको हो । जीप लेकबेसी यातायातको रहेको छ । घटनामा अहिले सम्म ३ जनाको मृत फेला भएपनि पहिचान खुल्न बाकी रहेको स्थानीयको भनाई छ ।

छतबाट हामफालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमा उपचारमा लागि अरुणखोला लगिएको छ । गाडी धेरै तल झरेकोले उद्दारको काम चलिरहेको उनीहरुको भनाई छ ।

मित्याल प्रहरी चौकीबाट प्रहरी पुगेको र अहिले रामपुरबाट प्रहरी निरीक्षकको टोली त्यसतर्फ गएको छ । उद्धारको लागि सेना पनि जाँदैछ । घटना सम्बन्धि थप विवरण आउन बाकी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको