Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने

Reporter

बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबीच होटेल पुनर्निर्माण अवधीभर श्रमिकलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएपछि होटेल बन्द छ ।

होटेल पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको जनाएको छ । “आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ । पूर्णरूपमा मर्मतसम्भार नगरी होटेल सञ्चालन हुने अवस्था छैन,” होटेल व्यवस्थापनले भनेको छ ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । यसले कर्मचारीको रोजिरोटी तथा रोजगारीको सुरक्षा हुने होटेलले जनाएको छ ।

मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइनेछ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको बताइएको छ ।

सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटेलले स्पष्ट गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको