Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

Reporter

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन लम्बिएको छ। निर्धारित समयअनुसार निर्वाचन कार्यतालिका नभएपछि महाधिवेशन लम्बिने भएको हो। यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो।

एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार  मतदान गर्ने कार्यक्रम रहेको छ। यस्तै आइतबार मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन्।

निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ। १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ।

आज नै मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको आयोगका अध्यक्ष डा. सुब्बाले जनाएका छन्। मंगलबार (भोलि) मतदान भएपछि मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको