Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते

Reporter

सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा आइतबार साँझ भएको गोलीकाण्डमा १६ जनाको मृत्यु भएको छ । यहूदी समुदायको पर्व ‘हनुक्का’ मनाइरहेको भीडलाई लक्षित गरी भएको उक्त आक्रमणमा अन्य ४० जना घाइते भएका छन् ।

अष्ट्रेलियाली प्रहरीले यस घटनालाई ‘आतंकवादी हमला’ को संज्ञा दिएको छ । स्थानीय समय अनुसार साँझ ७ बजेभन्दा केही समय अघि भएको उक्त विभत्स घटनामा संलग्न एक संदिग्ध बन्दुकधारीको मृत्यु भएको छ भने अर्का एकजनालाई प्रहरीले नियन्त्रणमा लिई अस्पतालमा उपचार गराइरहेको छ ।

प्रहरीका अनुसार घटनास्थल नजिकै फेला परेको एक सवारी साधनमा ‘इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस’ (बिस्फोटक पदार्थ) समेत जडान गरिएको अवस्थामा भेटिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेको फुटेजमा दुई व्यक्तिले नजिकैको पुलबाट तल रहेको भीडमा अन्धाधुन्ध गोली चलाइरहेको दृश्य देखिएको छ ।

अष्ट्रेलियाका एक वरिष्ठ गुप्तचर अधिकारीले आक्रमणकारीमध्ये एकजना यसअघि नै सुरक्षा निकायको निगरानीमा रहेको खुलासा गरेका छन् । बोन्डी बिच ठूलो संख्यामा यहूदी समुदायको बसोबास रहेको क्षेत्र नजिक पर्दछ । आक्रमणको समयमा बिच नजिकै यहूदीहरूको पर्व हनुक्काको विशेष कार्यक्रम भइरहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको