Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा

Reporter

नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

आगामी पाँच वर्षे कार्यकालको पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन्। पोखरेलले ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन्।

ओली पार्टीको नवौं र दशाैं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। ओलीको प्यानलबाट पाँचजना उपाध्यक्षको लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

ओलीको प्यानलबाट महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिएका छन्। ओलीको प्यानलबाट तीन उपमहासचिवको लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्।

नौजना सचिवको लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी मैदानमा उत्रिएका छन्।

पार्टी अध्यक्ष ओलीलाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिनेगरी चुनावी मैदानमा उत्रिनुभएका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन्।

पोखरेल प्यानलबाट पाँचजना उपाध्यक्षको लागि बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट र अरुण नेपालले उम्मेदवारी दिएका छन्। यस्तै, रघुजी पन्त र टंक कार्कीको पनि उपाध्यक्षमा उम्मेदवारी परेको छ। पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे चुनावी भिडन्तमा उत्रिएका छन्। यो प्यानलबाट तीनजना उपमहासचिवको लागि योगेश भट्टराई र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।

नौजना सचिवको लागि पोखरेलको प्यानलबाट गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरोसहित ३०१ सदस्यीय कमिटी चुन्दै छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको