Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

रमेश पाठकको स्वरमा ‘तिम्रै माया छ’ सार्वजनिक (भिडियो)

Reporter

रमेश पाठकको स्वरमा रहेको गीत ‘तिम्रै माया छ’ सार्वजनिक भएको छ । रमेशकै शब्द, संगीत र दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतको भिडियो शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । यस्तै, नृत्य निर्देशक गोविन्द प्रभात, निर्देशक पवन केसी, गायिका मञ्जु लावती अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि डा. बरालले शब्द, संगीत र स्वरको राम्रो संयोजन रहेको गीत रहेको बताउनुभयो । यस्तै अन्य अतिथिले गीत जति राम्रो छ भिडियो पनि त्यतिकै सशक्त राम्रो रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । गायक रमेशले सबैको प्रयासबाट एउटा राम्रो गीतको भिडियो श्रोता/दर्शकमाझ ल्याएको बताउनुभयो ।

कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा शिला गजुरेल र रोशन श्रेष्ठलाई फिचरिङ गरिएको छ । यस्तै, भिडियोमा जितेन्द्र महर्जनको पनि अभिनय रहेको छ ।

वासु बरालको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा राकेश दाहालको दृश्य सम्पादन र कलर छ । गीतको भिडियो रमेश पाठक अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

पाठकको स्वरमा विविधता छ । सोहीअनुरूप नै उहाँले लोक, आधुनिक, पप विधामै गीतहरू ल्याइरहनुभएको छ, जुन श्रोता/दर्शकले मन पराइरहेका छन् । पाठकले समसामयिक, चेतनामूलक, व्यावसायिक एवं विविध किसिमका गीत गाउँदै आइरहनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको