Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

भक्तपुरको वासिङ सेन्टरमा काम गर्ने मजदुरको मृत्यु

Reporter

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित सिद्धार्थ पेट्रोल पम्प नजिकै वासिङ सेन्टरमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।

शनिबार साँझ गाडी धुने क्रममा बेहोस भएका २८ वर्षीय महेश नेपालीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

वासिङ सेन्टर प्रकाश बस्नेतले सञ्चालन गरेका हुन् । दोलखाको भीमेश्वर नगरपालिका चरिकोट घर भएका नेपालीको उपचारको क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाकारी दिए ।

घटनाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृतका अनुसार नेपाली छारे रोगबाट पीडित थिए । अचानक बेहोस हुँदा उनको शरीरमा चोट लागेको थियो ।

पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने भक्तपुर प्रहरीले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको