Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

मस्क बने विश्वकै पहिलो ७५० अर्ब डलरका धनी

Reporter

विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कुल सम्पत्ति नेपाल, पाकिस्तान र श्रीलंकाको संयुक्त जीडीपीभन्दा बढी पुगेको छ। चार दिनमै १५० अर्ब डलरले बढेको मस्कको नेटवर्थ ७५० अर्ब डलर नाघेको छ, जबकि ती तीन देशको संयुक्त जीडीपी करिब ५५५ अर्ब डलर मात्र छ।

डेलावेयर सुप्रीम कोर्टले टेस्लाको ५६ अर्ब डलरको पे–प्याकेज पुनःस्थापना गरेपछि मस्कको सम्पत्तिमा तीव्र वृद्धि भएको हो। सेयर मूल्य बढेसँगै सो प्याकेजको मूल्य १३९ अर्ब डलर पुगेको छ। यससँगै मस्क ७५० अर्ब डलर नेटवर्थ छुन सफल विश्वकै पहिलो व्यक्ति बनेका छन्।

स्पेसएक्सको मूल्यांकन ८०० अर्ब डलर पुग्नु, टेस्ला सेयर मूल्य वृद्धि र नयाँ १ ट्रिलियन डलरको पे–प्याकेजले पनि मस्कको सम्पत्ति बढाउन ठूलो भूमिका खेलेको छ। फोर्ब्सका अनुसार मस्कको सम्पत्ति अन्य शीर्ष टेक अर्बपतिहरूको संयुक्त सम्पत्तिभन्दा पनि बढी छ।

टेस्ला, स्पेसएक्स र एक्स–एआईमा रहेको ठूलो हिस्सेदारीका कारण मस्कको सम्पत्ति अझै बढ्ने अनुमान गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको