Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

‘भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ’-गगन थापा

Reporter

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दु:खद् कालो दिनको संज्ञा दिएका हुन्।

‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठुलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठुलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन। ठुलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ। म भए लिन्थेँ। जो छ उसले लिनुपर्छ। त्यति बेलाको प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको