Logo
20 Jan 2026    ७ माघ २०८२, मंगलवार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

कानुनविपरीत क्यासिनो प्रवेश गराएका २० जना नियन्त्रणमा

Reporter

मोरङको विराटनगरस्थित दुई क्यासिनोमा नेपालीलाई गैरकानुनी रूपमा प्रवेश गराई जुवा खेलाइएको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर २० नेपालीलाई नियन्त्रणमा लिएको छ। आइतबार मध्यराति गरिएको संयुक्त कारबाहीमा विराटनगर–स्थित बिग होटलमा सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलको ‘गोल्डेन क्यासिनो’ बाट नेपाली नागरिक पक्राउ परेका हुन्।

प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण निषेध गरिएको छ। प्रहरीका अनुसार, रत्ना होटलको गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलको च्याम्पियन जोन क्यासिनोबाट ६ जना गरी कुल २० जना नेपाली नियन्त्रणमा लिइएका छन्। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत रहेका छन्।

क्यासिनो सञ्चालकहरूले कानुन विपरीत नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको पुष्टि भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नियन्त्रणमा लिइएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।

प्रहरीले उनीहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको जनाएको छ। साथै क्यासिनो सञ्चालन, व्यवस्थापन र निगरानीमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको