Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन प्रा.डा. केसीको आग्रह

admin

govinda kc

माघ—८, काठमाडौं ।

विगत १४ दिनदेखि अनशनरत प्राडा. गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक ल्याउन सांसदहरुलाई आग्रह गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. केसीले त्यहीँबाट मंगलबार एक भिडियो सन्देश जारी गर्दै माफियामुखी ऐन ल्याउन नदिन सांसदहरुलाई आग्रह गरेका छन् ।

डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन आग्रह गर्दै आफूसँग सरकारले गरेको सहमतिअनुसार ऐन पारित गर्न अपिल समेत गरेका छन् ।

अनशनरत डा. केसीलाई उनको स्वास्थ्यमा केही सुधार देखिएपछि आइतबार आइसीयुकक्षबाट जनरल वार्डमा सारिएको थियो ।

सोमबारदेखि डा. केसीलाई गणेशमान सिंह नाक, कान, घाँटी भवनमा सारिएको छ ।  उनी विगतमा समेत यही भवनमा अनशन बसेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको