Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

खाद्यले किन्यो सवा लाख क्विन्टल धान

Reporter

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानसँग बुधबारसम्म १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ । यो खरिदमा ३८ देखि ३९ करोड रुपैयाँ बराबर लगानी भएको कम्पनीले जनाएको छ ।

खाद्यले ११ कात्तिकदेखि किसानसँग धान खरिद कार्य सुरु गरेको थियो । कम्पनीले यस वर्ष १ लाख ८० हजार क्विन्टल धान खरिद लक्ष्य राखेको छ । यसका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खरिद विभागका अनुसार महेन्द्रनगर, धनगढी, राजापुर र तुलसीपुरमा धान खरिद कार्य सम्पन्न भइसकेको छ । नेपालगञ्जमा पनि खरिद लगभग अन्तिम चरणमा पुगेको छ ।

बजारमा धान उपलब्ध भए पनि बजेट अभावका कारण लक्ष्यभन्दा बढी खरिद गर्न नसकिने अवस्था रहेको बताइएको छ ।

कम्पनीले हालसम्म खरिद गरेको सबै धान किसानसँग सिधै खरिद गरिएको र उनीहरूले भुक्तानी पनि पाइरहेको कम्पनीको भनाई छ ।

किसानले आफ्नो उत्पादन उचित मूल्यमा बेच्न नपाएको वा कम मूल्यमा बेच्नुपरेको गुनासो सम्बोधन गर्न कम्पनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको