Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

काठमाडौंको टुँडिखेल वरिपरिका १ सय २५ वटा ‘ट्रि गार्ड’ हटाइए

admin

tree guard at tundikhel

माघ—८, काठमाडौं ।

काठमाडौंको टुँडिखेल वरिपरि रहेका १ सय २५ वटा ट्रि गार्ड हटाइएको छ।

जुद्ध बारुण यन्त्र कार्यालयबाट खटिएका १० जना र वातावरण व्यवस्थापन विभागबाट खटिएका १० जना गरी २० जनाको समूहले ३ दिन लगाएर फलामका बार हटाएको हो।

हुर्किएका बिरुवा छेकिएका र बिरुवा मरेका ठाउँमा भएका ‘ट्रि गार्ड’ हटाइएका हुन्।

यस क्रममा पहिलो दिन ३५ वटा, दोस्रो दिन ४४ र तेस्रो दिन ४६ वटा बार निकालिएको बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीले जानकारी दिए।

उनका अनुसार सुन्धारा, वायुसेवा निगम, वीर अस्पताल, रत्नपार्क, जमल, दरबार मार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेटमा रहेका बार हटाइएका हुन्।

यस क्षेत्रमा अब करिब १५ वटा साना बिरुवा छेकिएका बार मात्र बाँकी छन्। हटाइका ट्रि गार्डहरू टेकुमा राखिएका छन्। तिनीहरूलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ।

‘बिरुवा हुर्किसकेकोले यी संरचनाको आवश्यकता भएन, त्यसैले हटाइएको हो’, महानगरको कार्य सञ्चालन शाखाका प्रमुख मीन थापाले भने, ‘ट्रि गार्ड हुँदा त्यसमा जम्मा भएको फोहोरले सहरलाई कुरूप देखाएको थियो। अब सडक सफा बनाउन सजिलो हुन्छ।’

ट्रि गार्ड हटाइएका बिरुवालाई काँटछाँट गर्ने, रङ लगाएर आकर्षक बनाउने महानगरको योजना छ।

(सेतोपाटी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको