Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

ईक्यान शैक्षिक मेला आयोजना हुदै

admin

परामर्श व्यवसायीहरुको छाता संगठन ईक्यानले नेपाली विद्यार्थीहरुलाई लक्षित गरी राजधानिको भृकुटिमण्डपमा विदेश अध्ययन विशेष एघारौ ईक्यान शैक्षिक आयोजना गर्ने भएको छ । साउन ५ गते देखि ८ गते सम्म सञ्चालन हुने शैक्षिक मेलामा १ सय ३५ भन्दा बढि स्वेदेशी एंव विदेशी संस्थाहरुको सहभागिता रहनुका साथै २ सय ३३ वटा स्टल र १६ वटा प्याभेलियन रहको आयोजक संस्था ईक्यानले जनाएको हो ।

विदेश अध्ययन विशेष शैक्षिक मेलामा ७० भन्दा बढी देशको शैक्षिक गन्तव्यका वारेमा विद्यार्थीले प्रत्यक्ष जानकारी लिन सक्छन् ।नेपालमा आयोजना हुने शैक्षिक मेला मध्य सबै भन्दा ठूलो विदेश अध्ययन विशेष शैक्षिक मेला भएकाले विद्यार्थीले आफ्नो शैक्षिक गन्तव्य पहिचान गर्नुका साथै विदेशमा अध्ययन गर्न जानुपूर्व गर्नुपर्ने तयारीका विषयमा पनि जानकारी लिन सक्छन् ।

मेलामा विद्यार्थीले आफू अध्ययन गर्न जाने देशको शिक्षा नीति,भाषा,अध्ययनका लागि चाहिने न्यूनतम योग्यता,छात्रवृत्ति,भर्नाहुने समय, लागत खर्च लगायतका विषयमा जानकारी लिन सक्ने इक्यान शैक्षिक मेलाका संयोजक रमेश वाग्लेले जानकारी दिए ।यस शैक्षिक मेलामा विदेशी कलेजबाट नेपालमा आएका विश्वविद्यालयका प्रतिनिधी र आधिकारीक परामर्शदाताबाट विद्यार्थीले परामर्श लिन सक्छन् ।

यो मेलामा एकै ठाउँबाट विद्यार्थीले सम्पूर्ण शैक्षिक गन्तव्यको बारेमा अनुभवि दक्ष परामर्शदाताबाटै परामर्श पाउने भएकाले यो मेला विद्यार्थी एंव अभिभावकका लागि उपयोगी हुने ईक्यान सचीव एंव सुचना तथा सञ्चार विभाग प्रमुख उमेश ढुङ्गेलको भनाई रहेको छ ।व्रिटिस काउन्सीलले प्रस्तुत गरेको शैक्षिक मेलालाई एजुकेशन एसिया ,एक्सपर्ट एजुकेशन,म्याट्स एजुकेशन,मर्सी एजुकेशन,वली एसोसिएट्स र पाथ फाइन्डरले प्रायोजन गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको