Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

चीनले नेपालमा गर्छ यसरी निगरानी !

Reporter

नेपालमा तिब्बती शरणार्थीहरू आज व्यापक डिजिटल निगरानीको सामना गरिरहेका एपी समाचार संस्थाले जनाएकाे छ।

एक समय चिनियाँ दमनबाट भागेका तिब्बतीहरूका लागि आश्रय बनेको नेपालमा अहिले चीनद्वारा आपूर्ति गरिएका हजारौँ सीसीटीभी क्यामेराले उनीहरूको गतिविधि निगरानी गरिरहेको एक अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ।

एपीकाे याे रिपाेर्ट वासिंगटन पाेष्टमा डिसेम्बर बीसमा प्रकाशित भएअनुसार नेपालसहित कम्तीमा १५० देशमा चीनले निगरानी प्रविधि निर्यात गरिरहेको छ। सस्तो र प्रविधियुक्त प्रहरी प्रणालीको माध्यमबाट चीनले आफ्नो वैश्विक प्रभाव विस्तार गरिरहेको बताइएको छ। यी प्रविधिहरूले एक समय विश्वभर फैलिएको ‘Free Tibet’ आन्दोलनलाई नेपालमा लगभग निष्क्रिय बनाएको छ।

निगरानी बढेसँगै नेपालमा तिब्बती शरणार्थीहरूको संख्या तीव्र रूपमा घटेको छ। सीमाना कडा बनाइएकाले अब वार्षिक रूपमा केही व्यक्तिमात्र नेपाल प्रवेश गर्न सक्ने अवस्था छ। शरणार्थी कार्ड नहुँदा धेरै तिब्बतीहरू रोजगारी, बैंक सेवा र आवतजावतका आधारभूत अधिकारबाट वञ्चित छन्।

मानवअधिकारकर्मीहरूका अनुसार मन्दिर, सडक र सीमाक्षेत्रसम्म फैलिएको क्यामेरा निगरानीले तिब्बती समुदायलाई मौन बस्न बाध्य बनाएको छ। एक तिब्बती शरणार्थीले भने, “अब तिब्बती हुनु भनेको निजी ठाउँभित्र मात्र सम्भव भएको छ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको