Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौंको तापक्रम आज यो वर्षकै सबैभन्दा कम

Reporter

काठमाडौंको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ।

यो तापक्रम वर्षकै सबैभन्दा कम हो  यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो। त्यसपछिको कम तापक्रम आज मापन भएको हो।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको बताए। चिसो अझै बढ्ने अनुमान गरिएको छ। आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ।

विभागले आज राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ। यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

देशका तराई भू–भागमा हुस्सु÷कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको