Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

एमालेका नेता वासुदेव घिमिरेले परित्याग गरे एमाले ,रास्वपा प्रवेश गर्दै

Reporter

नेकपा एमालेका नेता वासुदेव घिमिरेले एमाले परित्याग गरेका छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख तथा विघटित प्रतिनिधिसभा सदस्य रहेका घिमिरे एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी गरेका हुन्।

घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग निकट थिए।

२०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरे त्यसयता पनि बालेनसँग निरन्तर सम्पर्कमा थिए।

बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन्।

घिमिरेले आफूलाई रास्वपाले रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने गरी पार्टीमा आउन प्रस्ताव गरेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको