Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

बेथिति रोक्न कलेजलाई १० बुँदे कडा निर्देशन

Reporter

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने कलेजहरूमा बढिरहेको बेथिति नियन्त्रण गर्न १० बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची–३ अनुसार कलेजहरूले पालना गर्नुपर्ने सर्तहरू अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार कतिपय शिक्षण संस्थामा विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज (डीआई)’ राखिँदा त्यसले विद्यार्थीको सिकाइ प्रक्रियामा नकारात्मक असर परेको भन्ने गुनासो प्राप्त भएकाले उक्त व्यवस्था तत्काल हटाउन भनिएको छ। यसको सट्टा विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्न विद्यार्थी परामर्श कक्ष स्थापना गरी प्रभावकारी परामर्श सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ।

यस्तै, विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न, सोको प्रमाणित प्रति १५ दिनभित्र मन्त्रालयमा अनिवार्य रूपमा पेस गर्न भनिएको छ।

निर्देशनमा प्रति कक्षा रहने विद्यार्थी सङ्ख्या, कक्षागत दैनिक सिकाइ क्रियाकलाप सञ्चालन तालिका सबै विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउन र ती विवरण संस्थाको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले निर्देशिकामा तोकिएका विषय, तह र अवधिभन्दा बाहिर गएर कार्यक्रम सञ्चालन नगर्न चेतावनी दिँदै निर्देशनको पालना नगरेमा सम्बन्धन र कार्यक्रम सञ्चालन अनुमति खारेज हुन सक्ने स्पष्ट पारेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको