Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

ओली प्रचण्ड भेटवार्ता

Reporter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य भेटवार्ता भएको छ। पुराना दलहरू मिल्नैपर्ने दबाब बढिरहेका बेला दुई नेताबीच भेट भएको हो । भेटको सूचना दुवै नेताका सचिवालयले गोप्य राखेका छन्।

भेट सोमबार भएको स्रोतले बतायो। भेटमा आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका विषयमा कुरा भएको थियो। यसबाहेक फागुन २१ मा हुने प्रतिनिधि सभामा मिलेर जाने विषयमा पनि छलफल भएको स्रोतले बतायो।

राष्ट्रिय सभा निर्वाचनमा १ महिना पनि समय बाँकी छैन । स्रोतका अनुसार यो निर्वाचनका लागि नेकपा संयोजक प्रचण्डले दुई ठूला दलसँग समानान्तर कुरा गरेर च्याँखे थापेका छन्। पछिल्लो स्थितिलाई हेर्दा प्रचण्डले आफूलाई ‘लिलामी’मा राखेको जस्तो देखिने अवस्था आएको स्रोतले बतायो।

स्रोतका अनुसार प्रचण्ड अहिले दुवै ठूला दलका लागि उपलब्ध छन्, जसले ठूलो मूल्य दिन सक्छ उनी उतै जान सक्छन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मात्र मतदाता हुने भएकोले जेन-जी आन्दोलनपछिको माहोललो यो निर्वाचनलाई फरक पार्ने स्थिति छैन। निर्णायक शक्तिपुराना दलहरू नै हुन् किनकि पुराना अधिकांश दलबाट निर्वाचित जनप्रतिनिधि नै हुन्।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एक्ले लडेमा जित्न सक्ने स्थिति छैन। तर नेकपा एमाले वा कांग्रेस जुन दलसँग मिल्यो नतिजा उतै जाने स्थिति छ । आफ्नो दल निर्णायक अवस्थामा भएपछि प्रचण्डले अहिले कांग्रेस र एमालेसँग ‘लिलाम बढाबढ’ शैलीमा छलफल गरिरहेको स्रोत बताउँछ।

यसअघि एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय सभा निर्वाचनमा एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थिए। तर, लगत्तै कांग्रेसले नेकपासँग समानान्तर छलफल अगाडि बढाएपछि एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न अग्रसर भएको बताइन्छ । कांग्रेसले एमाले वा नेकपा कुन दलसँग मिल्ने भन्ने विषयमा निर्णय गरेको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको