Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

Reporter

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बुधबार मध्यरातमा गोली चलेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले अपरिचित व्यक्तिले चलाएको गोली लागेर राति १ बजे साहको मृत्यु भएको बताएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीयले भने सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेका छन्। तस्करसँग विवाद हुँदा सशस्त्रले गोली चलाएको भन्दै सामाजिक सञ्जालमा स्थानीयले लेखेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको