Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं मलको व्यवसायीका समस्या समाधान गर्दै अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीय तदर्थ समिति गठन

admin

kathamandu mall

माघ—९, काठमाडौँ ।

द काठमाडौं मल व्यवसाय संघले निकास पाएको छ । शिवलक्ष्मी कोजु समूहले काठमाडौं मलको ठेक्का नवीकरण नगरेपछि उत्पन्न अन्योलताको अन्त्य भएको हो ।
अर्को व्यवस्थासम्म मलको स्वामित्व रहेको कर्मचारी सञ्चयर्लाइ नै व्यवस्थापनको जिम्मेवारी लिइदिन मलका व्यवसायीहरुले आग्रह गरेका थिए । सोही आग्रह अनुसार कोषले मल व्यवस्थापनको जिम्मेवारी लिएको छ । यससँगै कोषलाई भवन व्यवस्थापन नदिन विचौलियाले गरेको ठूलो कसरत विफल भएको छ ।

विवादपछि लामो समयदेखि द काठमाडौं मल ब्यवसाय संघको अध्यक्ष रहेका समिर उद्दीन शेखले राजिनामा दिएका छन् । उनको राजानिमासँगै सुषमा महरा र देवेन्द्र केसीको नेतृत्वमा छुट्टाछुट्टै बनेका समितिलाई द काठमाडौं मल ब्यवसाय संघमा समाहित गरिएको छ ।

वर्तमान अवस्थामा व्यवसायीका हकहितका लागि काम गरेर अन्योलताबाट निकास दिन महराको नेतृत्वमा ७ सदस्यीयदर्थ समिति गठन भएको छ । समितिमा मधुसुदन आचार्य बरिष्ठ उपाध्यक्ष र देवेन्द्र केसी, प्रकाश थापा, मुरारी कोइराला, रेक्सन बज्राचार्य, सोनिया शाह सदस्य रहेका छन् ।

सञ्चय कोषले भाडा निर्धारण गर्न समिति समेत बनाएको छ । महरा नेतृत्वको तदर्थ समितिले यसमा सघाउने र द काठमाडौं मल ब्यवसाय संघलाई ब्यवस्थित पार्ने काम गर्ने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको