Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Reporter

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस २७ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारी गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल थालेका छन्।

विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउने र विभाजनसम्मको स्थितिमा पुर्‍याउने भन्दै त्यसलाई रोक्न देउवाले छलफल थालेका हुन्। सोहीअनुसार देउवाले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए।

देउवाले महाराजगञ्जस्थित निवासमा बोलाएर कार्यवाहक सभापतिसँग काउण्टर मुभबारे छलफल गरेका हुन्। यही पुस २६ देखि २८ सम्म तोकिएको १५औँ महाधिवेशन नहुने भएपश्चात् महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका छन्। हल खोज्ने, विधानमा काम गर्नेलगायत आवश्यक तयारीमा उनीहरू जुटेपछि त्यसलाई रोक्न संस्थापन पक्षले छलफल थालेको हो।

एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो। विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए।

तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन्। तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा-शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ।

महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको