Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

‘मिस्टर एण्ड मिस लभिस’ फाइनल सम्पन्न, विभिन्न विधामा विजेताहरू घोषित

Reporter

काठमाडौँ — फेसन, प्रतिभा र व्यक्तित्वको संगमका रूपमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लभिस फाइनल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिँदै आ–आफ्नो विधामा उपाधि हासिल गरेका छन्।

प्रतियोगिताअन्तर्गत टिन गर्ल्स विधामा बेला महर्जन विजेता घोषित हुनुभएको छ। त्यसैगरी जुनियर गर्ल्स विधामा विक्टोरिया शाही ले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। बोयस विधातर्फ सन्दीप भण्डारी ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्नुभएको छ।

यसैगरी, सिनियर गर्ल्स विधामा नाओमी कुमाल ले प्रथम उपविजेता (First Runner-up) को उपाधि प्राप्त गर्नुभएको छ भने जुनियर गर्ल्स विधामा प्राप्ति बास्तोला प्रथम उपविजेता घोषित हुनुभयो।

त्यस्तै, सिनियर गर्ल्स विधामा सैना बराल दोस्रो उपविजेता (Second Runner-up) बन्न सफल हुनुभयो भने जुनियर गर्ल्स विधामा क्रिस्टिना देउला ले दोस्रो उपविजेताको उपाधि जित्नुभएको छ।

विशेष उपाधितर्फ, एञ्जेला मल्ला लाई ‘फेस अफ लभिस’ को उपाधि प्रदान गरिएको छ। साथै, प्रतियोगिताकी विजेता बेला महर्जन लाई ‘ब्रान्ड एम्बेसडर अफ लभिस’ को जिम्मेवारीसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले युवा पुस्ताको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा फेसन, कला तथा मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त प्रतियोगितामा सहभागी सबै विजेता तथा उपविजेताहरू ‘मिस्टर एण्ड मिस लभिस’ का आधिकारिक टाइटल होल्डर बन्न सफल भएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको