काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो।
सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडेल ले रचना गर्नुभएको हो भने एरेञ्जमेन्ट सबिर कार्की ले गर्नुभएको छ। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी ले गर्नुभएको छ।
गीतको म्युजिक भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी र सुमी लामा को अभिनय देख्न सकिन्छ। बाल कलाकारतर्फ चिरायु विक्रम राई र चाहना राई ले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्।
भिडियोको छायांकन सविन तिमल्सिना ले गर्नुभएको हो भने ड्रोन छायांकन योगराज विश्वकर्मा ले गर्नुभएको छ। भिडियोको सम्पादन तथा रङ संयोजन राज धामी ले गर्नुभएको छ। सहायक निर्देशनको जिम्मेवारी प्रवीण पुरी ले सम्हाल्नुभएको हो भने निर्देशन स्वयं चेतन राई ले गर्नुभएको छ। सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सेकाइ इन्टरटेन्मेन्ट (Sekai Entertainment) द्वारा सम्पन्न गरिएको जनाइएको छ।
गीत तथा एल्बमले नेपाली समाजका यथार्थ, संवेदना र मौलिक संस्कृतिलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ। सिर्जनाले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।

