Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

बसको ठक्करबार मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Reporter

गुल्मीको मालिका गाउँपालिका ६ अर्जैस्थित राम्चेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय बसन्त अर्याल र ६० वर्षीया मनकला अर्याल रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ।

बसको ठक्करबाट मोटससाइकलमा सवार ५ वर्षीय अनुभव गिरी र पैदल यात्री स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।

शुक्रबार बिहान पिकनिकका लागि विद्यार्थी लिएर हिँडेको लुम्बिनी प्रदेश ०० ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको