Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

कतारमा १३ नेपालीले पाए आममाफी

Reporter

कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ।

कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो । रोजगारीको सिलसिलामा कतार पुगेका नेपालीहरु विभिन्न कसुरमा परेर जेल जीवन बिताइ रहेका थिए।

आफ्ना नागरिकले आममाफी पाएपछि परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘कतार राज्यको राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई उदारतापूर्वक प्रदान गरिएको अमिरी आममाफीको लागि नेपाल सरकारले कतार राज्य सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ।’

कतार सरकारको यस्तो कार्यले द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाएको सरकारको भनाइ छ। ‘नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको मन्त्रालयले उच्च कदर गर्दछ, नेपाल सरकारले भनेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको