Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

सप्तरीमा प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

admin

police encounter on sapataree

माघ—९, राजविराज ।

सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् ।

नियमित गस्तीमा राजविराजबाट रुपनीतर्फ गइरहेको प्रहरी टोलीमाथि रुपनीबाट राजविराजतर्फ आइरहेका मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी बिष्टले जानकारी दिए।

मोटरसाइकल चलाइरहेका अर्का ब्यक्ति भने अध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए। प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै साता अघि सप्तरीको बिसनपुर चौकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत संलग्न रहेको एसपी बिष्टले बताए।

प्रहरी कारवाहीमा मारिएका चौधरीको शव अहिले घटनास्थलमै रहेको र मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरि राजविराज ल्याउने तयारी भइरहेको छ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको