Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

जेन-जी आन्दोलन जाँचबुझ आयोगले देउवा र प्रचण्डलाई पनि बोलायो

Reporter

जेन जी आन्दोलनको क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजन पुष्पकमल दाहाल प्रचणडलाई पनि पत्र लेखेको छ ।

आयोगले उनीहरूलाई आफ्नो धारणा राखिदिन भन्दै पत्र पठाएको हो । दुवै नेतासँग उक्त घटनासँग सम्बन्धित विवरण माग गरिएको आयोग स्रोतले जनाएको छ । आन्दोलनको क्रममा दुवै नेताहरूको घरमा आक्रमण र लिटपाट भएको थियो । कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुमाथि कुटपिट समेत भएको थियो ।

आयोगले यस घटनासँग सम्बन्धित तत्कालीन गृहमन्त्री रमेश लेखकसहित १५० भन्दा धेरैसँग बयान लिइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने आयोगको तयारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको