Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

घट्यो हवाई भाडा

Reporter

 हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ।

नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो। यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ।

नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ। यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, काठमाडौंभद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ, काठमाडौंविराटनगर उडानको तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा घटेर अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएक छ।

कुन उडानमा कति भाडा घट्यो ?

काठमाडौंमाउन्टेन फ्लाइट : २१०

काठमाडौंभद्रपुर : १८०

काठमाडौंविराटनगर : १४०

काठमाडौंजनकपुर : ७५

काठमाडौंपोखरा : ९५

काठमाडौंभरतपुर : ६५

काठमाडौंभैरहवा : १२५

काठमाडौंनेपालगञ्ज : १९५

काठमाडौंधनगढी : २६५

काठमाडौंतुम्लिङटार : ११०

काठमाडौंसिमरा : ५५

काठमाडौंसुर्खेत : २१०

काठमाडौंराजविराज : १२५


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको